नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेमा आफू विश्वस्त : मन्त्री भण्डारी

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एव नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने विश्वास ब्यक्त गर्नुभएको छ ।
प्रेस चौतारी कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले नागरिक उन्मुक्ति पनि सत्ता गठबन्धनमा रहेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउने बताउनुभयो ।
नागरिक उन्मुक्तिले यसअघि सभामुख र उपसभामुखमा चयन प्रक्रियामा सहयोग गरेको उल्लेख गर्दै उहाँले मुख्यमन्त्रीले आज लिने विश्वासको मत पक्षमा साथ रहने बताउनुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा मन्त्री भण्डारीले सत्ता गठबन्धन एकजुट रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्