तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी सूचना र सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम र रेडियो नेपालबिच रेडियो नेपालबाट प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी सूचना र सन्देश प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार रेडियो नेपालबाट नेपाली, मैथिली, भोजपुरी, थारु, तामाङ, डोटेली, (जुम्ली लवज) सहित विभिन्न भाषामा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी सूचना र सन्देश प्रसारण गरिने छ।

सम्झौता अनुसार नेपाली भाषामा केन्द्रीय प्रसारणबाट तथा तामाङ भाषामा बागमती प्रादेशिक प्रसारण केन्द्र , मैथिली र भोजपुरी भाषामा बर्दिबास प्रादेशिक प्रसारण केन्द्र, थारु भाषामा दाङ प्रादेशिक प्रसारण केन्द्र, जुम्ली लवजमा सुर्खेत प्रादेशिक प्रसारण केन्द्र र डोटेली भाषामा दिपायल प्रादेशिक प्रसारण केन्द्रबाट सूचना र सन्देश प्रसारण गरिने छ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तर्फबाट सहसचिव रामचन्द्र ढकालले आज हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button