तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाका उपाध्यक्षद्वारा  पदभार ग्रहण

काठमाडौँ I राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ । 

संघीय संसद् सचिवालय सिंहदरवारमा पदभार ग्रहण गर्दै उहाँले संघीय संसदमा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

यसअघि राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितिमा आजै नवनिर्वाचित उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले उपाध्यक्ष अर्याललाई शपथ गराउनुभएको हो ।

अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button