तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच छलफल

काठमाडौँ । राष्ट्रिय सुरक्षा, सीमा सुरक्षालगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफलमा गृह, रक्षा, परराष्ट्र मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता थियो ।

प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय सरोकारका विषयमा छलफल भएको हो । छलफलमा पूर्वप्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई आमन्त्रण गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button