तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीमा भूकम्प: प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोक सन्तप्त सबैमा समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७।८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button