तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउसो ४ः०० बजे बस्ने भएको छ । 

यसअघि, बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक दिउसो ४ः०० बजेका लागि सारिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । 

बैठकमा पार्टी नेताको कार्य विभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । 

यसअघि, बुधवारका लागि बोलाएर स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्न लागेको हो । 

माओवादी केन्द्रले गृहकार्य नपुगेको र अध्यक्षको समय अभाव रहेको भन्दै बुधवारका लागि बोलाइएको बैठक स्थगित गरेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button