तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचि रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button