ऐतिहासिक तातो पानी मेला सुरु

गोरखा । धार्चे गाउँपालिकामा ऐतिहासिक तातो पानी मेला सुरु भएको छ । मेलाको गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले उद्घाटन गर्नुभएको छ ।
प्रमुख अतिथि न्यौपानेले बेलाबखत हुने मेलाले ग्रामीण क्षेत्रको विकासमा सहायता पुग्नुका साथै आफ्न्तजनहरुको भेटघाट हुने बताए । गोरखा जिल्लामा पर्यटनको राम्रो सम्भावना भएकाले आफूले त्यसको विकास लागि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा अतिथिहरू धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
मालकुन्ती महिला समूहका अध्यक्ष हिमा गुरुङको सभापतित्वमा उद्घाटन सत्रको कार्यक्रम भएको थियो । कार्यक्रम माघ २० गते सम्म चल्ने मेला संयोजक मिन बहादुर सुनारले बताउनुभयो । मेलामा स्थानीय तहमा उत्पादन भएका राडी, पाखी, डोका, स्थानीय पशु चौपाया, स्थानीय अन्नबालीहरू विक्रीका लागि राखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्