तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीसँग अमेरिकी उपविदेश मन्त्रीको भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरूको भेटवार्ता भएको हो । भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button