तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पाल्पा।छुट्टाछुट्टै घटनामा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ । मोटर साइकल दुर्घटना र खोलामा डुबेर एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिजो साँझ रामपुर–५, कान्जीहाउस नजिकै पक्की सडकमा लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुरका— २ का २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको छ । भने तिनाउ गाउँपालिका–३, भुतखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ । हिजो दिउँसो भुतखोला पोखरीमा फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा पश्चिम नवलपरासी, पाल्हिनन्दन गाउँपालिका–२, का २४ वर्षीय अजिम पठानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मोटर साइकल सडकबाट ५० मिटर तल खस्दा गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा रामपुर अस्पतालमा हिजो बेलुकी ८ बजेतिर मृत्यु हो । पठान साथीसँगै घुम्न आएका थिए । उन भूतखोला पोखरीबाट प्रहरीले उद्धार गरि उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button