तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प आउने भ्रम फैलिएपछि जुम्लामा कठ्याग्रिदाे चिसोमा रातभर जाग्राम

भ्रम फैलाउने व्यक्ति खोज्दै प्रशासन

जुम्ला ।भूकम्प आउँदै छ,भन्ने गलत भ्रम फैलिएपछि जुम्ला सहित कर्णालीका नागरिक रातभर जाग्राम बसेका छन् । भूकम्प आउँदै छ,भनी गलत अफवाह फैलाएपछि कर्णालीका जुम्ला,मुगु,कालिकोट,हुम्ला डोल्पा सुर्खेका नागरिक माघको कठ्याग्रिदाे चिसोमा घर छोडेर चाैर,सडक खेतबारिमा रातभर जाग्राम बसेका हुन् ।

जुम्लामा शनिवार राती करिब १ बजेपछि भूकम्प आउने हल्ला फैलिएपछि सबै नागरिक घरबाहिर निस्किएका हुन्। बुढापाका,बालबच्चा,महिला युवायुवती सबै घरबाट निस्किएर रातभरमा आगाेकाली बसेको पाइएको छ ।

जुम्लाका आठै स्थानीयतहका ६० वटै वडाका नागरिक भुकम्पआउने त्रासले बाहिर बसेका थिए ।मस्त निद्रामै सुतिहहेकाे थिए । रातकाे करिब १ बजे तिर हाे फाेनकाे घन्टि २/३ पटक बज्याे । तेस्राे पटक उठाए  ताताेपानीका स्थानीय लाेक बहादुर दमाईले भने,”आफन्तकाे फाेन आयाे । भूकम्प आउँदै छ । तत्काल घरबाहिर निस्कनुहाेेस्,जत्तिबेला पनि आउन सक्छ,अरुलाई पनि भन्नुहाेस भनेपछि एक्कासी उठेर बाहिर आए । बाहिर आउदा निकै हाेहल्ला थियाे  थियाे । सबै छरछिमेक जागि सकेका थिए । पछि सबै आगाे बालेर विहान ६ बजेसम्म चिसाेमै बस्याै ।”

त्यस्तै चन्दननाथ नगरपालिका ३ निवासी अनिता नेपाली राती २ बजेतिर एक्कासी भूकम्प आउँदै छ भन्ने फाेन आएपछि त्रासकै बिच घरबाहिर निस्किएकाे बताउनुभयाे । उहाले भन्नुभयाे,”म बाहिर आउनु अघिनै सबै छरछिमेक गाउँले खेतबारिमा आगाे बालि बसिसकेका थिए । भूकम्प जानकारि दिएर आउदैन भन्ने थाहा थियाे । तर मनकाे डर र त्रासले सबै रातभर बाहिर बस्याै,चिसाैखायाै ।”

जुम्ला घर भएकि बिनिता डाँगि सुर्खेत बस्छन्,सुर्खेतमा भूकम्प आउने कुरै हल्ला थिएन् । तर जुम्लाबाट आफन्तले भूकम्प आउदैछ सुरक्षित रहनु भनेर बार बारभनेपछि घरबाहिर नस्किएकाे बताईन् । त्यस्तै ताताेपानी ६ का धन बहादुर विष्ट पनि मिठाे निद्रामै रहेका बेला घरबाट बुबाले भूकम्प आउँदै अरे उठ् बाहिर निस्क भनेपछि हतासभएर चाैरमापुगेकाे उल्लेख गर्नुभयाे ।

उता मुगु जिल्लामा पनि भूकम्प आउने डरले सबै क्षेत्रका स्थानिय रातभर बाहिर राजग्राम बसेको स्थानीय राज कुमार बामले जानकारी दिनुभयाे ।एक कान,दाेकान मैदान भएर भूकम्प आउँदै छ भन्ने गलत अफवाह कर्णालीभरि फैलिएपछि यहाँका नागरिक आईतबार रातभरी जाग्राम बस्न बाध्य भएका छन् । यदपि सुरुमा कसले भ्रम फैलाएकाे हाे भन्नेपत्ताे छैन् । रातभर चिसाे खाएका स्थानियहरु भ्रम फैलाउने प्रति आक्राेसित भएका छन् ।

भ्रम फैलाउने व्यक्ति/ समूह खाेज्दै प्रशासन

प्रमुख जिल्ला अधिकारी मुकेश केसरी भुकम्प आउने भ्रम फेैलिएपछि आफुपनि रातभर नसुतेकाे बताउनुहुन्छ । कताबाट हल्ला फैलियाे पत्ताेनै भएन् । रातभर ठाउँठाउँबाट फाेन मात्रै आउँछ, ।उहाले भन्नुभयाे,” रातभर फाेन आउनेजत्तिलाई याेभ्रम हाे नआत्तिन सुझाव दिए । तर पनि जुम्लाका सबै नागरिक घर छाेडेर बाहिर बसेकाे पाईयाे । यसरी दुख दिने नियतले गलत हल्ला फैलाउनेकाे खाेजि कार्य जारि छ। पत्ता लाग्नेबित्तिकै नियमानुसार कारबाहि गरिने छ ।”

हाल सम्म विश्वमा भुकम्प आउदै गरेकाे पुर्वजानकारी दिने यन्त्र र प्रविधिकाे विकास भएकाे छैन् । तर कर्णालीका नागरिकले कसैले भनेकै भरमा त्रसित हुनु चेतना अभावकाे उपज संगै ज्यानकाे माया पनि हाे । भुकम्प कहिले पनि बाजा बजाएर नआउने विषयमा आम नागरिक सचेत हुनु पर्नेमा प्रजिअ केसरीकाे भनाई छ ।

भुकम्प आउने पूर्वजानकारी हुने ‍भए २०७२ काे भुकम्पमा त्यति ठुलाे मानवियलक्षति हुनेनै थिएन् । भुकम्पिय जाेखिममा कुनैभेग क्षेत्र रहेकाे आकल,अनुमान गर्न सकिन्छ । तर भुकम्प आउदै भनेर ठाेकुवा गर्नु भ्रम फेैलाउनु भने एक खाले अपराध हाे,यसकाे तत्काल अनुसन्धान गरि दाेषिलाई कारबाहि गर्नुपर्ने नागरिक अगुवा राज बहादुर महतकाे भनाई छ ।

भुकम्प एक प्राकृतिक प्रकाेप हाे । भुकम्पले भन्दा पनि भुकम्पपछि कमजाेर संरचनाले जाेखिम निम्त्याउने रक्षति बढ्नेभएकाेले त्यसतर्फ आम नागरिक सचेत रहन जरुरी छ । घर भवन निर्माण गर्दा अनिवार्य भुकम्प प्रतिराेधि निर्माण गर्न र स्थानिय सरकारले नितिनै पास गर्न आबश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button