तपाईँ सुन्दै हुनुहुन्छः

बार एशोसियसन चितवनको अध्यक्षमा कंडेल निर्वाचित

चितवन । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्षमा संयुक्त प्यानलका खगराज कँडेल निर्वाचित हुनुभएको छ ।

स्वतन्त्र उमेदवार गजेन्द्र वस्तीलाई उनले पराजित गर्नुभएको हो । विजयी कँडेलले १२० मत प्राप्त गर्दा वस्तीले ५५ मत प्राप्त गर्नुभयो । ५ मत बदर भएको थियो । कुल २०३ मतदाता रहेकोमा १८० मत खसेको थियो ।
यस्तै, उपाध्यक्ष सचिव र कोषाध्यक्षमा संयुक्त प्यानलकै उमेदवारहरु विजयी हुनुभएको छ । उपाध्यक्षमा अधिवक्ता खगेश्वर अधिकारी, सचिवमा अधिवक्ता श्रीराम दवाडी र कोषाध्यक्षमा अधिवक्ता रमेश काफ्ले विजयी हुनुभएको थियो ।
नयाँ नेतृत्वका लागि भएको चुनावी प्रतिस्पर्धामा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए) र प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) बीच एकता भएको थियो ।
डिएलए र पिएलको साझा उमेदवारका लागि अध्यक्ष पदमा अधिवक्ता खगराज कँडेल प्रतिस्पर्धामा हुनुहुन्थो भने डिएलए र पिएलएबीच एकता हुँदै गर्दा स्वतन्त्र समूह भनी अधिवक्ता गजेन्द्र प्रसाद वस्तीले अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको थियो ।

स्वतन्त्र समूहतर्फ भने अध्यक्षमा वस्तीसहित उपाध्यक्षमा अधिवक्ता बद्रि गौतम, सचिवमा अधिवक्ता जनकराम पौडेल र कोषाध्यक्षमा अधिवक्ता धर्मेन्द्र थापाले उमेदवारी दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button