प्रदेशस्तरीय मिथिला कप टी–२० क्रिकेट प्रतियोगिता माघ १४ गतेदेखि
सप्तरी । सप्तरीमा प्रदेशस्तरीय चौथौँ संस्करणको मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा माघ १४ गतेदेखि प्रदेशस्तरीय मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
आयोजक युवा शक्ति क्लबका अध्यक्ष रवीन्द्र यादवका अनुसार प्रतियोगितामा मधेस प्रदेशको आठ जिल्ला गरी ११ वटा टिमको सहभागिता रहने छ ।
यस्तै प्रदेश नम्बर १ को सुनसरी, मोरङ र झापा गरी ३ वटा टिम एवं भारतको सुपौल र सहरसालगायतका दुई वटा टिमको सहभागिता रहने छ ।
उक्त खेलमा पूर्व कप्तान तथा वर्तमान क्यानका म्यानेजर विनोद दासको उपस्थित रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतियोगिताको विजेतालाई नगद रु. १ लाख र उपविजेतालाई रु.५१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्