तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

हिजो (बिहीबार) पनि पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा राष्ट्रपतिको निर्वाचन, समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

आज बस्ने बैठक पनि सोही विषयमा केन्द्रीत हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button