तपाईँ सुन्दै हुनुहुन्छः

विधिको शासन कायम गर्नू आफ्नो प्राथमिकता :  मुख्यमन्त्री यादव

बारा  ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले पनि भ्रष्ट्राचार नगर्ने र भ्रष्ट्राचार गर्नेलाई पनि नछोड्ने बताउनुभएको छ  । 

कलैयामा नगरसभा गृहको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री यादवले आफु कनै दलको मुख्यमन्त्री नभई सिङ्गो मधेस प्रदेशको मुख्यमन्त्री भएको बताउँदै प्रदेशमा सुशासन कायम गर्न, विधिको शासन कायम गर्ने र बेतिथिलाई अन्त्य गर्नू आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो रुपमा मूल्याङ्कन गर्ने बताउँदै उहाँले नराम्रो काममा संलग्न जो कोहीलाई पनि कार्यवाही प्रक्रियाबाट छुटाउनका लागि अनावश्यक रुपमा दबाब सृजना नगरिदिन सबैलाई आग्रह समेत गर्नुभयो ।

उहाँले सबैको अपनत्व हुने गरि प्रदेशमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो मधेस प्रदेशमा विकासका पूर्वाधारहरू अगाडी बढाउँदै नेपाल मै नमुना प्रदेशको रुपमा विकास गर्ने सोच रहेको स्मरण गर्नुहुँदै मुख्यमन्त्री यादवले संघ र स्थानीय तहहरूसँग समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।

उहाँले जिल्लाको सदरमुकामबाट नै विकासको थालनी गर्ने अभियानको रुपमा पनि पहिलो पटक कलैया उपमहानगरपालिकाबाट विकासको आयम शुरुवात गरेको जानकारी गराउनुभयो । 

मधेस प्रदेशको ८ वटै जिल्लामा एकरूपता अनुसार विकासको कामलाई अगाडि बढाउँदै गाउँपालिका, नगरपालिका हुँदै सदरमुकामसम्म जोडने कालोपत्रे सडकको निर्माण गर्ने गरिने पनि उहाँले बताउनुभयो । 

कलैया उपमहानगरपालिकाका मेयर विनोद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सांसद अच्युत मैनाली, संविधानका सदस्य प्रमोद गुप्ता, प्रदेश सांसद महम्द समिर, निवर्तमान प्रदेश सांसद पारस साह, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी प्रसाद साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले नगरसभा गृह भ्याटसहित ५ करोड ६० लाख ९५ हजार ३ सय ८८ रुपैयाँ ४८ पैसामा २०८० साल ज्येष्ठ मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने गरी साहु कन्ट्रक्सन रौतहटले ठेक्का लिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button