तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा प्रदेशसभा सचिवालयका अधिकृतको मृत्यु

File Photo

सुनसरी– सुनसरीमा मोटरसाइकल दुर्घटनामा परेर प्रदेश १ प्रदेशसभा (संसद) सचिवालयका एक अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका ८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ रहेका छन् ।

सरकारी नम्बर प्लेट प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद् सचिवालयतर्फ जाने क्रममा विराटनगर महानगरपालिका ३ स्थित ढाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो ३ः३० बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक बुढीगंगा गाउँपालिका २ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर ४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button