तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाको हिनाङ गुम्बामा आगलागी

Fuoco 4

गोरखा ।  गोरखाको ल्होमा रहेको हिनाङ गुम्बामा आगलागी भएको छ । आगलागीबाट गुम्बालाई के कति क्षति भएको छ भन्ने बारेमा यकिन विवरण भने प्राप्त हुन सकेको छैन ।

चुमनुब्री गाउँपालिका–२ को ल्होमा रहेको पुरानो गुम्बामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो । ‘आगलागी भएको जानकारी आएको छ’ उहाँले भन्नुभयो ‘प्रहरी घटना स्थल नपुगेका कारण क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।’

घटना थाहा पाए लगत्तै ल्होबाट प्रहरीको टोली पठाएको भएता पनि उक्त स्थानमा पुग्न ४ देखी ५ घण्टा लाग्ने भएका कारण के कति क्षति भएको भन्ने जानकारी प्राप्त हुन सकेको छैन । उक्त गुम्बा सो क्षेत्रकै पुरानो भएको र जङ्गल बिचमा भएका कारण आगोले उग्र रूप लिएको खण्डमा ठुलै क्षति हुने अनुमान गरिएको छ । 

वडाध्यक्ष मुङगुर दोर्जेका अनुसार दिउँसो ४ बजेतिरबाट गुम्बामा आगलागी भएको हो । हिनाङ समुन्द्र सतहबाट ३ हजार ३०० मिटर उचाइमा रहेको गाउँको हो । हिनाङ गुम्बा पुरानो गुम्बाका रुपमा रहँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button