२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा अमर सहिदहरूलाई सम्मान
बारा । २२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बारामा अमर सहिदहरूलाई सम्मान गरिएको छ ।

कलैया उपमहानगरपालिकाको सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हेड क्वाटर उत्तरझिटकैयामा आयोजित कार्यक्रममा अमर शहिदहरुप्रति शोक सलामी ब्यक्त गर्दै पुष्प गुच्छाले सम्मान गरिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले अमर सहिदहरूको फोटोमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो । अमर सहिदका परिवारजनहरूलाई कार्यक्रममा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

त्यस्तै २२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रतियोगिताको विजेतालाई मेडल, प्रमाणपत्र र उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई प्रशंसा पत्र प्रदान गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक अमर खत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्