तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट 

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारले आज शिष्टाचार भेट गर्नुभएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा भारतीय सहयोगबाट सञ्चालित विकास आयोजनाहरूका विषयमा छलफल भएको थियो । 

शिष्टाचार भेटमा जनकपुर– जयनगर रेल र भारतीय एक्जिम बैङ्कमा सञ्चालित सडक आयोजनाहरूको विषयमा कुराकानी भएको सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button