तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ ।

file photo

पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने बताइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भइसके पछिको अवस्था, पार्टीका बाँकी काम लगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button