तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा हाइलेक्स गाडी दुर्घटना : चार जनाको मृत्यु 

File Photo

ओम शाही/आकाशतारा बयक

सुर्खेत ।  सुर्खेतमा हाइलेक्स गाडी दुर्घटनाहुँदा चार जनाको मृत्यु भएकाे छ । छिन्चुदेखि सदरमुकाम वीरेन्द्रनगरतर्फ आउँदै गरेकाे बा.प्र. ०१०२६ च ९२१३ नम्बरको हाइलेक्स गाडी गएराती रत्नराजमार्गको झुप्राखोला नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे।

मृत्यु हुनेमा गाडीका चालक दैलेख डुङ्गेश्वर गाउँपालिका–७, का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका–७ कै ३३ वर्षीय दिपेन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका–५, का ३१ वर्षीय बविन शाही र दैलेख गराँस गाउँपालिका–३, का  ३६ बस्ने बर्षका राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा घाइते दैलेखको भैरवी गाउँपालिका– ५, का २६ वर्षीय वीरेन्द्रराज शाहीको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) सुरज कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार गएराती करिब २ः३० बजेको समयमा गाडी अनियन्त्रित भई सडकदेखि ८० मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button