रेडियो नेपाल कर्मचारी संघ सुर्खेतको अध्यक्षमा आचार्य
सुर्खेत । रेडियो नेपाल कर्मचारी संघ इकाई समिति सुर्खेतको ११ औँ अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले बालमुकुन्द आचार्यको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा महेन्द्र पुन, सचिव नारायण विक्रम जिसी, कोषाध्यक्ष रामबहादुर गौतम रहनुभएको छ । सदस्यमा दीक्षा खत्री, दिल बहादुर चौधरी र गोकर्ण प्रसाद पोखरेल चयन हुनुभएको छ भने अधिवेशनबाट ६ जना केन्द्रीय पार्षद् पनि चयन हुनुभएको छ । केन्द्रीय अधिवेशन प्रतिनिधित्व गर्ने पार्षद्हरूमा भानुभक्त खड्का, नरेश सिंह थापा, नारायण बहादुर खड्का, कृष्ण शर्मा, लाल सिंह मिजार र चूडामणि पाण्डे हुनुहुन्छ ।

यसअघि कर्मचारी संघका अध्यक्ष भूपेन्द्र बहादुर घर्तीको अध्यक्षता र रेडियो नेपाल कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष भानुभक्त खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन सत्र सम्पन्न भएको थियो ।

उद्घाटन सत्रमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख आनन्द विश्व पन्त, नेपाल प्रेस युनियन कर्णाली प्रदेश समितिका उपाध्यक्ष नवीन प्रकाश शाक्य, प्रेस युनियन जिल्ला अध्यक्ष ईश्वर खड्का, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष डम्मर कुमारी आचार्य र रेडियो नेपाल कर्मचारी संघका पूर्व अध्यक्ष नारायण बहादुर खड्का लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्