बङ्गलादेशमा भएको म्याराथनमा सल्यानकी पुष्पालाई स्वर्ण पदक
सल्यान । बङ्गलादेशको ढाकामा भएको वङ्गबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुस्पा भण्डारीले स्वर्ण जित्नुभएको छ ।

उहाँ ४२ दशमलव १९५ किलोमिटर निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल हुनुभएको हो । श्रीलङ्काकी खेलाडी दोस्रो तथा नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन हुनुभयो ।
पुस्पा वङ्गबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ की पनि स्वर्ण पदक विजेता हुनुहुन्छ भने २०२२ को सोही म्याराथनमा कास्य पदक जित्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्