तपाईँ सुन्दै हुनुहुन्छः

एक सिङ्गे गैँडा मृत अवस्थामा फेला 

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका दुई सेहरिमा एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ । 

आज दिउँसो १ः०० बजेतिरको समयमा माउ बच्चा गैँडा मृत अवस्थामा फेला परेको हो । 

घटनाका बारेमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटना स्थलमा आउँदै गरेको छ । 

माउको खाग नभएको अवस्थामा भेटिएको र बच्चाको खाग रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना  अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । बच्चा भाले गैँडा रहेको उहाँले बताउनुभयो । 

खाग नभएको अवस्थामा भेटिएकाले चोरी सिकारबाट मृत्यु भएको भन्ने आशङ्का गरिएको तर, प्राविधिक टोली घटनास्थल नपुगेकोले त्यस बारेमा अहिल्यै भन्न नसकिने उहाँको भनाई छ । 

निकुञ्जबाट निमित्त कार्यालय प्रमुख राजु घिमिरेको नेतृत्वमा पशु चिकित्सक सहितको टोली घटनास्थलतर्फ आउँदै गरेकोले उहाँले बताउनुभयो ।  

पोस्टमार्टम रिपोर्ट नआउँदासम्म मृत्यु के कारणले भएको भन्ने बारेमा भन्न नसकिने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button