सरस्वतीको मूर्तिलाई अन्तिम रूप दिन मूर्तिकारलाई भ्याइनभ्याई

सुनसरी । नजिकिँदै रहेको सरस्वती पूजालाई मध्यनजर गर्दै मूर्ति बनाउने कलाकारहरूलाई मूर्ति बनाउन भ्याइनभ्याई भइरहेको छ । सुनसरीको सदरमुकाम इनरुवामा पनि डेढ दशक देखि मूर्ति बनाउँदै आएका रामलखन दासलाई पनि अहिले मूर्ति बनाउन भ्याइनभ्याई छ ।
चाडपर्व अनुसार मूर्ति बनाउने दासलाई सरस्वती पूजाका लागि अर्डर आएका मूर्ति बनाउन भ्याइनभ्याई भएको हो ।
माटो, पराल, बाँस लगायतका सामाग्री प्रयोग गरेर बनाइने धार्मिक मूर्ति बनाउने काम युवापुस्तामा पनि हस्तान्तरण गर्ने सोचले बनाउँदै आएपनि आम्दानी भने राम्रो नभएको दासले गुनासो गरे । उनले दशै, तिहार, विवाह पञ्चमी, जितिया, विश्वकर्मा पूजा लगायतको समयमा विभिन्न देवदेवीका मूर्ति बनाउने गरेको समेत जानकारी दिए ।
माटोबाट बनाइएका मूर्तिहरू अस्थायी रुपमा पूजाका समयमा पुजास्थल बनाएर पूजा गर्नेहरूले मात्र प्रयोग गर्ने भएका कारण समेत विगतको तुलनामा माटाका मूर्तिहरूको माग घटिरहेको छ । यसरी मूर्ति बनाउने कलाकारहरूले अर्डर अनुसार मूर्ति बनाउने गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्