तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेले पद तथा गोपनीयताको सपथ लिनुहुँदै

काठमाडौं । नव नियुक्त प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ ग्रहण आज लिँदै हुनुहुन्छ । 

आज बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ ।

शपथ लिए लगत्तै उहाँ लैनचौरमा रहेको सहिद स्तम्भमा माल्यार्पण गर्न जाने कार्यक्रम छ  । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उहाँले आजै पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभामा उपस्थित दुई सय ६८ सांसद मध्ये घिमिरेले  एक सय ६७ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा एक सय मत परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button