दुवै मृगौला फेल तथा मुटुमा समस्या रहेको तारादेवीको उपचारमा सहयोगको अपिल
सिन्धुपाल्चोक। दुवै मृगौला फेल भएर उपचाररत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० की ३५ वर्षीय तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ ।
उहाँको दुवै मिर्गौला फेल र मुटुमा समेत समस्या भएको छ । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि सहयोगको अपिल समेत गरिएको हो । खड्का हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । आर्थिक अभावका कारण उपचारमा समस्या रहेको उहाँका श्रीमान् कुल प्रसाद आचार्यले जानकारी दिनुभयो ।
खड्काको उपचारका सहयोगका लागि मेलम्ची नगरपालिकाले समेत अस्पताललाई विपन्न नागरिक औषधी उपचार निर्देशिका २०७५ अनुसार निःशुल्क उपचार तथा आर्थिक सहुलियत उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
उहाँको सम्पर्क नम्बर ९८४३५४९३३८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले कुल प्रसाद आचार्यको कृषि विकास बैङ्कको खाता नम्बर ०२१०८०००९२७०००१० रकम जम्मा गरिदिन समेत परिवारले अपिल गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्