तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले भोलि विश्वासको मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोलि विश्वासको मत लिने हुनु भएकाे छ । मुख्यमन्त्री शर्माले मङ्गलवार प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता गरेसँगै भोलि दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो १ बजे बैठक बसाल्ने निर्णय गरिसकेकाले सोही दिन ११ बजे कार्यसूची विवरण सार्वजनिक गरिने प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताउनु भयो । यता मुख्यमन्त्री शर्माले सदनमा विश्वासको मत लिनका लागि पत्र दर्ता भइसकेकाले माघ ६ गते बस्ने बैठकबाटै विश्वासको मत प्राप्त गर्ने गरि सरकार अघि बढेको जानकारी दिनु भयो ।

हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठ ओटै मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । यद्यपि १ विना विभागीय मन्त्रीको रुपमा विनोद कुमार शाह र मङ्गल शाही नियुक्त भइसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button