एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको भेट
काठमाडौँ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुधवार शिष्टाचार भेट गर्नुभएको छ ।
ओली निवास बालकोटमा उहाँहरूबीच भएको भेटमा नेपाल र चीनको हित र चासोका विविध पक्षबारे छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ । राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाउनुभएको हो ।






प्रतिक्रिया राख्नुहोस्