तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडक : दैनिक ४ घण्टा थप एक महिना बाटो बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि भोलिबाट दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले बताउनुभयो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले सवारी रोकेर काम गर्दा प्रभावकारी भएकोले थप एक महिना बाटो बन्द गरेर काम गरिने बताउनुभयो ।

गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button