मधेस प्रदेशको सभामुखमा नेकपा एमालेका मण्डल निर्वाचित
जनकपुरधाम । मधेस प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल सभामुखमा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार मण्डल प्रदेश सभामा भएको मतदानबाट सभामुखमा निर्वाचित हुनुभएको हो । उहाँ धनुषा–१ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
कुल १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा भएको मतदानमा १०३ मत खसेको थियो । जसमा मण्डलले ७४ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा २९ मत परेको छ ।
प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले प्रस्तावको पक्षमा ७४ र विपक्षमा २९ मत खसेको घोषणा गर्नुभयो । १०७ सदस्यीय मधेस प्रदेश सभामा २ जना प्रदेश सभाका सदस्य अनुपस्थित रहनुभएको थियो ।
मधेस प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ७ प्रदेश सभा सदस्य रहनुभएको छ । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका पनि एक/एक जना रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्