तपाईँ सुन्दै हुनुहुन्छः

एपिएफ क्लब सुदूरपश्चिमसँग चार विकेटले पराजित

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लब सुदूरपश्चिमसँग चार विकेटले पराजित भएको छ ।

जितको लागि ९२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । सुदूर पश्चिमका लागि डली भट्टले सर्वाधिक ३३ रन बनाइन् भने कविता जोशी ७ रनमा अविजित रहिन् ।

रेवती धामी ७ बलमा १ चौकासहित ८ रनमा अविजित रहिन् । ओपनर कविता कुँवर २, ऋतु कनोजिया १०, सम्झना खड्का २, विन्दु रावल र रुवि पोद्दार ६–६ रनमा आउट भए ।

एपिएफको लागि नेरी थापाले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ३ विकेट लिइन् । सुमन विष्ट, इन्दु बर्मा र सीता रानामगरले एक/एक विकेट लिए ।

त्यसअघि इटहरीको जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै सर्वाधिक ९१ रन बनायो ।

एपिएफको लागि ममता चौधरीले २६ रन ज्योति पाण्डे १४, सीता रानामगर ४, इन्दु बर्मा ११, रोमा थापा १५, नेरी थापा ७ र रेखा रावलले ६ रन बनाइन् ।

सुदूरपश्चिमको लागि कविता जोशीले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिइन् । ऋतु कनोजियाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवर र मनिषा चौधरीले एक एक विकेट लिए ।

सुदूरपश्चिमले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ ।

भोलि लुम्बिनी र मधेशबीचको खेलको विजेता समूह बी को उपविजेता बन्नेछ । समूह ए को उपविजेता एपिएफले समूह बी को विजेता प्रदेश एकसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button