तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र राज्यमन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पनि आजै मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ  ।

पदभार ग्रहण गर्नुहुँदै मन्त्री गिरीले स्वास्थ्य सेवालाई सहज र सरल बनाउन अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो

मन्त्री गिरीले स्वास्थ्य सेवामा जनताको पहुँच कायम गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी  बनाउन गम्भीरताका साथ लाग्ने पनि बताउनुभयो  ।

यस्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button