तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशबाट ५ वटा अध्यादेश स्वीकृत

मकवानपुर । बागमती प्रदेश सभाको सोमबार बसेको बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको छ ।

अध्यादेश अस्वीकारसम्बन्धी प्रदेश सभामा निवेदन नपरेकोले सभामुख भुवन कुमार पाठकले अध्यादेश सर्वसम्मतले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सभा बैठकमा ५ वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । मुख्यमन्त्री जमरकट्टेलले सभामा पेश गर्नुभएको प्रदेश निजामती सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकाससम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश २०७९ सर्वसम्मतले स्वीकृत भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button