जुम्लामा जिप दुर्घटना: एक जनाको घटनास्थलमै मृत्यु
जुम्ला । जुम्लामा यात्रु बाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जिप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरीक्षक यम बहादुर बुढा मगरले बताउनुभयो ।
सोमबार अपराह्न ४ बजे भएको दुर्घटनामा परी पातरासी गाउँपालिका १ खालाढिकका अन्दाजी ४२ वर्षीया छोजुम लामाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । घाइतेहरूको सङ्ख्या अझै यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जिप ब्याक गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल तिला नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।







प्रतिक्रिया राख्नुहोस्