तपाईँ सुन्दै हुनुहुन्छः

तेह्र लाख बढीको अवैध खसीबोका प्रहरी नियन्त्रणमा

नवलपरासी,बर्दघाट । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट बाट तेह्रलाख बढीको अवैध खसिबोका तथा बाख्रा नियन्त्रणमा लिएको छ।

पुर्वपश्चिम् राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ ख २९१६ नम्बरको ट्रकमा बिना कागजात ल्याउँदै गरेका १३ लाख पचास हजार मूल्य बराबरका ९० वटा खसी बोका ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलिले बिहान ६ बजेतिर टिसिएन चोकबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका खसिबोकालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पान्डेयले जानकारी दिनुभयो।

जिल्लामा खुला सिमाका कारण प्रहरीको सक्रियताका बाबजुद पनि चिनी,लत्ताकपडा,हरियो मटर लगायतका अवैध सामानहरू ओसारपसार हुने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button