रोल्पामा ट्याक्टर दुर्घटना दुर्घटना हुँदा चालकको मृत्यु,दुई घाइते
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गंगादेवी गाउँपालिका वडा नम्बर ४ सिस्नेमा खाली ड्रम बोकेर सल्यानतिर तेल लिन हिँडेको रा १ त ४१६१ नंम्वरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ तिम्ले बस्ने २२ वर्षीय अम्मर वलीको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार रहेका सोही ठाउँका २ जना १७ वर्षीय राजेश के.सी. र २२ वर्षीय बिर बहादुर के.सी. घाइते भएका छन् । उनीहरूको दाङको तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्