तपाईँ सुन्दै हुनुहुन्छः

झापा कारागार भद्रपुरका कैदी–बन्दीलाई खेलकुद सामग्री प्रदान

भद्रपुर, झापा । झापा कारागार भद्रपुरका कैदी–बन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ ।

जिल्लाको कनकाई नगरपालिका अन्तरगतको खेलकुद विकास समितिले कैदीबन्दीलाई खेल सामग्री प्रदान गरेको हो ।

झापा कारागारका लयप्रसाद शिवाकोटीलाई ४० हजार रुपैयाँ बराबरको खेल सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

 कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना लगायतको टोली खेलकुद सामग्री प्रदान गर्न कारागार पुगेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button