तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन निमित्त कार्यालय प्रमुखविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख हाल राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध एक करोड छ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले अधिकृत पोखरेलविरुद्ध एक करोड छ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आज आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रवक्ता भण्डारीका अनुसार गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी श्रीमती विमला न्यौपाने पोखरेलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button