तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा संसद्‌मा रहेका सबै दलसँग छलफल गर्ने

फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा संसद्‌मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पार्टीको पदाधिकारी बैठकले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सत्तापक्ष र बाहिरका दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले बैठकमा स्ववियुको निर्वाचनको मिति तय भएकाले नेविसंघ र तरुण दल लगायतको भातृ संस्थाहरूलाई पूर्णता दिनेबारे छलफल भएको जानकारी दिनुभयो ।

सह–महामन्त्री पाण्डेले सातै प्रदेशमा सभामुख चयनका विषयमा प्रदेश कार्य समितिले निर्णय गर्ने पनि बताउनुभयो । 

प्रतिनिधिसभामा सभामुखको निर्वाचन माघ ५ र उपसभामुखको निर्वाचन माघ ७ गतेका लागि तय भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button