जीपको ठक्करबाट एक जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीमा डबल क्याप जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले ठक्कर दिँदा सोही वडाका ७० वर्षीय वृद्ध ज्ञानबहादुर नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
टाउको र घुँडामा गहिरो चोट लागेर घाइते भएका नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो ।
ठक्कर दिने गाडी तथा चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।








प्रतिक्रिया राख्नुहोस्