तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा कोठाभित्र कोइला बालेर सुतेका दुई भारतीयको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा जाडोबाट बच्न कोठाभित्र कोइला बालेर सुतेका दुई जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपो रेखदेख गर्न राखिएका दुई कर्मचारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृत्यु हुनेमा भारत बिहार मोतिहारी जिल्लाका २९ वर्षीय पवित्र गिरी र भारतकै ३० वर्षीय मिथलेश यादव रहेका छन् ।

बिहान अबेरसम्म नउठेपछि प्रहरीको उपस्थितिमा ढोका फोडेर हेर्दा दुवै जना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button