तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि सुनसरीको जनजीवन प्रभावित 

सुनसरी । जिल्लाभर बढेको चिसोको कारणले सुनसरीको जनजीवन प्रभावित भएको छ । 

जिल्लाका अधिकांश भागमा १ सता यता बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।

चिसो बढेकाले जाडो समेत बढेको स्थानीयहरूले बताएका छन् । अरू दिनको तुलनामा मङ्गलवार दिनभरनै र बुधबार बाक्लो हुस्सु लागेकाले यहाँको जनजीवन प्रभावित भएको हो । 

दिनभर नै बाक्लो हुस्सु लागेको र चिसो हावा समेत चलेकाले मानव जनजीवन प्रभावित हुनुका साथै पशु चौपायामा समेत असर परेको छ । यससँगै बजार क्षेत्रमा न्यानो कपडाको बिक्री समेत बढेको व्यापारी राहुल साहले बताउनुभयो । हुस्सु र अत्यधिक चिसो बढेकाले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएकाले बजारमा चहलपहल कम भएको छ । 

जाडोले ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाहरूलाई बढी समस्या भएको गढी गाउँपालिकाका देव चौधरीले जानकारी दिनुभयो । 

सुनसरीमा चिसो बढेसँगै दुहबी, इनरुवा, इटहरी, , लौकही, औरावनी, भाण्टाबारी सहितको बजारमा मानवको चहलपहल कम भएको केही मानिसहरू घर र चोकचोकमा भेला भएर आगो बालेर तापेर बसिरहेका छन् । यसैगरी अत्यधिक चिसो बढेपछि सुनसरीका अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button