तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त 

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादव आज नियुक्त गर्नु भएको छ । 

मधेश प्रदेश सभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि दाबी पेश गर्नका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २२ गते मुख्यमन्त्री सहितको सरकार गठनको लागि दाबी पेश गर्नका लागि आव्हान गर्नु भएको थियो । 

जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल नागरिक उन्मुक्ति पार्टी सहित केही स्वतन्त्र प्रदेश सभाका सदस्यहरु गरेर ६३ जना प्रदेश सभाको समर्थन सहित प्रदेश प्रमुख समक्ष सरकार बनाउनका लागि आज बिहान दाबी पेश गरेपछि मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख मिश्रले नियुक्त गर्नु भएको छ । 

मुख्यमन्त्रीमा दाबी गर्नका लागि जनता समाजवादी पार्टीका वर्तमान मुख्यमन्त्री लालबाबु राउत सहितका व्यक्तिहरू प्रदेश प्रमुखको नीजि सचिवालयमा पुग्नु भएको थियो ।  

मुख्यमन्त्रीमा नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्री यादवले पत्रकारहरू सँग कुरा गर्दै प्रदेश सरकारले गर्न बाँकी रहेको कामकाज गर्नुका साथै समर्थन गर्ने सबै सहयात्री घटकहरूलाई धन्यवाद दिनु भएको भयो । 

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारका लागि धेरै चुनौतीहरू भएकाले सहकार्य गरेका सबै दलहरूसँग मिलेर चुनौतीको समाधान गर्दै प्रदेशको समृद्धि र विकासको पक्षमा कामकाज गर्ने बताउनु भयो । 

उहाँले प्रदेशमा भ्रष्टाचार बढेकाले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको अभाव भएकाले सुशासन स्थापनाका लागि सक्दो प्रयास गर्ने बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button