राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटो/भिडियो)
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
रामशाहपथस्थित सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा आज राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।
शाहको शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण गर्ने समयमा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न सङ्घसंस्थाले पनि सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।





















प्रतिक्रिया राख्नुहोस्