तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज कारागारका कैदीबन्दीका लागि सय थान कम्बल वितरण

सप्तरी । जैन श्वेताम्बर तेरापंथी सभाले शितलहर र चिसो बढेपछि सप्तरीको राजविराज कारागारका कैदीबन्दीका लागि आज एक सय थान कम्बल वितरण गरेको छ ।

चिसोका बेला कारागारभित्र रहेका ज्येष्ठ नागरिक, दीर्घ रोगी, विपन्न र आवश्यकता महसुस भएका कैदीबन्दीका लागि कम्बल वितरण गरिएको सभाका पूर्व अध्यक्ष थानसिंह भन्सालीले बताउनुभयो ।

सभाका अध्यक्ष सागर दुगडको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा लगायत सुरक्षा निकायका प्रमुख, नागरिक समाज, अधिकारकर्मीले कम्बल हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला कारागारको बन्दी क्षमता १५ महिलासहित १५५ जना भए पनि कारागारमा कैदी र थुनुवा गरी ३ सय ७५ जना छन् । तीन वर्षीय १ नाबालक आश्रित छन् । कारागारमा ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक नौ जना रहेको जिल्ला कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button