तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा शपथ

हेटौँडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण  गर्नुभएको छ  ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिनुभएको हो  ।

मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ लिनुभएको छ  । यसैगरी राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गर्नुभएको छ ।


जम्मकट्टेलले सोमबार सरकार गठनका लागि दावी पेश गर्नुभएको थियो । जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ र हाम्रो नेपाली पार्टीका २ जना गरी ७० सांसदको साथ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button