गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीद्वारा शपथ ग्रहण, तीन सदस्यीय मन्त्रीमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएका अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिनुभएको हो । अधिकारी संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । कास्की निर्वाचन क्षत्र नं. १ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित पूर्व मन्त्रीसमेत रहनुभएका अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा पार्टी र स्वतन्त्र सांसद दिपक मनाङे भनिने राजीव गुरुङ सहित ३३ सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले तिन सदस्य मन्त्री मण्डल समेत विस्तार गर्नुभएको छ । मुख्यमन्त्री अधिकारीले एमालेबाट सिता कुमारी सुन्दास, माओवादी केन्द्रबाट हरि बहादुर चुमान, राप्रपा बाट पञ्चराम गुरुङ लाई मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
तीनै जना मन्त्रीहरूले प्रदेश प्रमुख गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्