गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

कास्की । एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति हुनुभएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो । गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो ।
प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गर्नु भएको थियो । केही समय अघिमात्र अधिकारीले ३३ सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दाबी गर्नु भएको । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । अधिकारी ३३ सांसदको समर्थन लिएर दाबी गर्नु भएको थियो ।
मुख्यमन्त्री अधिकारीले आज नै शपथ ग्रहण गर्नु भएको छ । पाँच सदस्य मन्त्रीमण्डल समेत विस्तार गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्