तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : सभापति देउवा

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताउनुभएको छ ।  

प्रतिनिधिसभाको अधिवेशन प्रारम्भको अवसरमा बैठकलाई सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य हुनु पर्ने बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो भन्दै सभापति देउवाले यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त भएको स्पष्ट पार्नुभयो । 

संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको भन्दै संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरूपका आवश्यक नीति र कानून बनाउनु पर्नेमा जोड समेत दिनुभयो । 

नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको पहिलो बैठकमा गर्नुभएको सम्बोध (पूर्णपाठ)

प्रतिक्रिया राख्नुहोस्

Back to top button